ट्रेण्डिङ

होमपेज / समाज

चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरीद्धारा बरामद

नेपालगाथा २०७८ आश्विन ५ गते मंगलबार १९:१५:५१ मा प्रकाशित

काठमाडौं– कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ स्थित सेमरीबाट असोज ५ गते सशस्त्र प्रहरीले करीव १ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय कृष्णननगरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले असोज ५ गते करीव १ लाख ९२ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । वेवारिसे अवस्थामा राखेको उक्त सामान सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । त्यसैगरी बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ कल्याणपुरस्थित सीमा ईलाकाबाट असोज ५ गते सशस्त्र प्रहरीले करीव १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top