ट्रेण्डिङ

होमपेज / समाज

६५ वर्षीया ममनी देवी खत्वेको जंगली हात्तीले कुल्चेर मृत्यु

नेपालगाथा २०७८ आश्विन ५ गते मंगलबार १४:४८:५० मा प्रकाशित

सुनसरी, ५ असोज बराहक्षेत्र नगरपालिका-११ खत्वे टोल बस्ने ६५ वर्षीया ममनी देवी खत्वेको जंगली हात्तीले कुल्चेर सोमबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित बारीमा घाँस काट्ने क्रममा वन्यजन्तु आरक्षणबाट अचानक आएको जंगली हात्तीले शरीरको विभिन्न भागमा कुल्चन जाँदा घाइते भएकी उनको घरतर्फ ल्याउदै गर्दा बाटैमा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top