ट्रेण्डिङ

होमपेज / समाज

नेपाल लगानी कोषको निशुल्क शेयर

दसैं भ्रमणको सुबिधा

नेपालगाथा २०७८ आश्विन ५ गते मंगलबार १०:१२:२० मा प्रकाशित

काठमाडाैँ । भक्तपुर टुर्सले आफ्ना सेवाग्राहीहरुलाई नेपाल लगानी कोषको निशुल्क शेयर दिने ब्यबस्था गरेको छ । बैदेशिक ऋण कम गर्ने लक्ष्य राखेको नेपाल लगानी कोषले शेयर खरीद गर्ने ब्यबस्था मिलाएको हाे । दसैं भ्रमण प्याकेज खरीदकर्ताहरुको लागि खरीद मुल्यको ८ प्रतिशत बराबरको रकम शेयरमा लगानी गरिनेछ ।

नेपाल लगानी कोष, भ्रमणकर्ताहरुको बचत रकमबाट सञ्चालित हुदै आएको छ । यो कोषबाट न्यून ब्याजदरमा सञ्चयकर्ताहरुले उद्यम गर्नको लागि ऋण पाउदै आएको छ। उद्यमीहरुले बिदा मनाउन छुट्टाएको रकमलाई लगानीमा रुपान्तरण गर्दै आएको कोषले शिक्षा क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ ।

दसैं भ्रमण प्याकेज बिक्री प्रर्बद्धनलाई सहज बनाउन प्याकेज सिफारिस गर्नेहरुको लागि बिक्री मुल्यको २ प्रतिशत रकम बराबरको निशुल्क शेयर उपलब्ध हुनेछ । हाल दश हजारदेखि पन्ध्र हजार रुपैयाँ बराबरका टुर प्याकेजहरु उपलब्ध छन । पाँच दिने टुर प्याकेजमा खाना, बस्न र यातायातको सुबिधा दिइएको छ ।

दसैंको लागि मुस्ताङ र पाथीभाराको प्याकेज बुकिग असोज ३ गतेबाट सुरु भएको छ । अन्य स्थानको बुकिग असोज ८ गतेदेखि खुल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top