ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७८ आश्विन ४ गते सोमबार १९:१६:०६ मा प्रकाशित

काठमाडौं, ४ असोज कालिकोट, तिलागुफा नगरपालिका-६ खल्लागार्डबाट नियन्त्रित लागूऔषध १ सय ८० ट्याब्लेट नाईट्राभेट, २ सय ८० ट्याब्लेट ट्रामावेल र ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका-६ बस्ने २४ वर्षीय सनिर श्रेष्ठ र सोही नगरपालिका-१ बस्ने २८ वर्षीय राम बहादुर बुढा रहेका छन् । लु.७३ प ८३०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी र ब्याट्रीको कभरभित्र लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

सिरहा, सिरहा नगरपालिका-६ वसविट्टा चोकबाट करिब ५ किलो २ सय २३ ग्राम अवैध लागूऔषध गाँजा र २ पिस नाईट्रोभेट ट्याब्लेट सहित धनुषा सवैला नगरपालिका-१३ तिरतपुर बस्ने २६ वर्षीय शुभ कुमार महतोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ज.११ प १७४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा शुभ कुमार महतोको साथबाट उक्त लागूऔषध फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top