ट्रेण्डिङ

होमपेज / समाज

बुढीगण्डकी जलविद्युत आयोजना नबन्दा मुलुकलाई खर्बौ रुपैयाँ घाटा हुन्छ:बाबुराम भट्टराई

नेपालगाथा २०७८ आश्विन ४ गते सोमबार १५:०६:४४ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना नबन्दा मुलुकलाई खर्बौ रुपैयाँ घाटा हुने बताएका छन् ।

काठमाडौँको माइतीघर मण्डलामा दिएको धर्नामा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ऐक्यवद्धता जनाएका छन् ।बुढीगण्डकी आयोजना नबन्दा आफूहरु सुकुम्बासी हुने खतरा रहेको भन्दै डुवान क्षेत्रका वासिन्दाले निर्माण तत्काल अघि बढाउन माग गर्दै दिएको धर्नामा भट्टराईले ऐक्यवद्धता जनाएका हुन् ।

‘अब बुढीगण्डकी आयोजनामा ढिलो गर्नु हुँदैन, ढिलो गर्नु भनेको नबन्नु हो । देशका लागि खर्बौं रुपैयाँ घाटा हो’ उनले भने ।अहिले आफ्नो दल जनता समाजवादी पार्टीको समेत समर्थन रहेको सरकारले आयोजना निर्माण अघि बढाउन नसक्नु लज्जास्पद भएको पनि भट्टराईले बताए ।धर्नामा बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका सर्वसाधारण सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top