ट्रेण्डिङ

होमपेज / समाज

संखुवासभाको सामूहिक हत्यामा ५ जनाको संलग्नता भएकाे पुष्टि

नेपालगाथा २०७८ आश्विन ४ गते सोमबार १४:१२:२१ मा प्रकाशित

काठमाडौं । गत भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भयो । 

हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ ।५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्की विभिन्न स्थानमा मृत अवस्थामा फेला परे ।

 मृतकहरु कोही घरमै, कोही सडकको भित्तामा, कोही खोलामा र कोही बारीमा फेला परेका थिए ।अनुसन्धानबाट घटनाको मुख्य योजनाकार काका खड्गबहादुर भएको खुलेको एसपी भीम दाहालले बताए ।प्रहरीको निरन्तर केरकारपछि लोकबहादुरले हत्या आफैले गरेको स्वीकार गरे । उनलाई प्रहरीले २७ भदौमा सार्वजनिक गर्यो । प्रहरीले लोकबहादुरलाई बयानकै आधारमा पक्राउ गरेको थियो । चित्तबुझ्दो ठोस प्रमाण थिएन ।

दाहालका अनुसार पक्राउ पर्नेमा लोकबहादुरका बुबा रणबहादुर कार्की, भाइ नरेश कार्की, काका खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर कार्की छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top