ट्रेण्डिङ

होमपेज / समाज

आज देशभर सामान्यदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालगाथा २०७८ आश्विन ४ गते सोमबार ०९:२४:३४ मा प्रकाशित

काठमाडौँ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा पनि सामान्य बदली रही मेघ गर्जन हुने महाशाखाले जनाएको छ ।

काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top