ट्रेण्डिङ

होमपेज / समाज

रक्त्तदान कार्यक्रम सम्पन्न 

नेपालगाथा २०७८ आश्विन ३ गते आइतबार १८:२५:४२ मा प्रकाशित

मनाेज बाेहाेरा, सुर्खेत।  संविधान दिवसको अवसरमा नेपाल स्काउट कर्णाली प्रदेशले प्रदेश स्काउट कार्यलयमा रक्त्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल स्काउट कर्णाली प्रदेशका कार्यालय प्रमुख नरेन्द्र बोहोराले रक्त्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएकाे थियाे ।

रक्तदान कार्यक्रममा १० जनाले रक्त्तदान गर्नु भएको छ। रक्त्तदान गर्नुहुनेलाई असोज ५ गते अन्तरराष्ट्रिय शान्ति दिवसको कार्यक्रममा सम्मान गरिने आयाेजकले बताएकाे छ । 

रगत संकलनका लागि नेपाल रेडक्रस सोसाईटीले सहयोग गरेको थियो । उक्त कार्यक्रममा नेपाल स्काउट कर्णाली प्रदेशका स्वम‌ंसेवकहरु सहित करिब ३० जनाकाे उपस्थित रहेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top