होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ३०४ जनाको पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु पुष्टि भएको छ । हाल देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ ।