ट्रेण्डिङ

होमपेज / समाज

रेडपाण्डाको छाला सहित ४ जना पक्राउ

नेपालगाथा २०७८ आश्विन २ गते शनिबार १८:५४:०२ मा प्रकाशित

सुर्खेत, २ असोज वीरेन्द्रनगर नगरपालिका-८ खजुरास्थित मानसरोबर होटलबाट १ थान रेडपान्डाको छाला सहित दैलेख नारायण नगरपालिका-१० बस्ने २१ वर्षीय पुर्ण बहादुर बस्नेत लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा रेडपाण्डाको छाला बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले होटलको १ सय १५ नम्बरको कोठाबाट उक्त
छाला फेला पारी उनीहरुलई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top