होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ३८५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ६६ जनाको नतिजा पोजिटिभ आएको हो । आठ हजार ५४० नमुनाको पीसीआर परीक्षण गर्दा ८३५ र दुई हजार ८१८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३१ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार २३४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।