ट्रेण्डिङ

होमपेज / समाज

बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु

नेपालगाथा २०७८ आश्विन २ गते शनिबार १४:२०:३४ मा प्रकाशित

 काठमाडौँ   बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । 
    
 ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको पासोमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । ग

ए राति १० बजेतिर एक जनालाई करेन्ट लागेको थियो । बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । पासो थाप्ने ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top