होमपेज / समाज
काठमाडौँ, २ असोज दसैँका लागि अग्रिम टिकट खुलाउने निर्णय नभएको यातायात व्यवसायीले स्पष्ट पारेका छन् ।
महासघंको आन्तरिक बैठक बसेर मात्रै अग्रिम टिकट खुलाउने राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए । भाडा समायोजन लगायतको केही महत्वपूर्ण कुराका बारेमा महासघंले छलफल गरेर टिकट खुलाउने निर्णय गर्नेछ।
‘अग्रिम टिकटको विषयमा प्रधानमन्त्री कार्यालय र यातायात व्यवस्था विभागसँग छलफलमा बसिसकेका छौँ । ७ गते महासंघको आन्तरिक बैठक बस्छ । त्यसपछि मात्रै हामी निर्णय गर्छाैँ’, उनले भने । त्यसैगरी सरकारले व्यवसायीलाई राम्रोसगँ गाडी चलाउन सक्ने वातावरण शृजना गरिदिनुपर्ने उनको माग छ ।