ट्रेण्डिङ

होमपेज / समाज

संरक्षित वन्यजन्तु सालकको खपेटा सहित २ जना पक्राउ

नेपालगाथा २०७८ आश्विन २ गते शनिबार १०:२३:२४ मा प्रकाशित

रामेछाप । मन्थली नगरपालिका-१ भैंसेश्वर चोकबाट अन्दाजी २५ केजी तौल भएको संरक्षित वन्यजन्तु सालकको जस्तो देखिने खपेटा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लिखुतामाकोशी गाउँपालिका-३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय ध्यान बहादुर तामाङ रहेका छन् ।

उक्त स्थानमा २ जना व्यक्तिहरुले बोरामा शंकास्पद चिजवस्तुहरु बोकी हिंडीरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी 3 कार्यालय रामेछाप र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई तलासी गर्दा बोराभित्र उक्त तौलको खपेटा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top