ट्रेण्डिङ

होमपेज / समाज

५ केजी अवैध लागूऔषध गाँजा सहित पक्राउ

नेपालगाथा २०७८ आश्विन १ गते शुक्रबार १८:०२:३२ मा प्रकाशित

बारा, १ असोज निजगढ नगरपालिका-११ तामागढी सडकबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने ३७ वर्षीय ठाडा बहादुर दर्लामी र निजगढ नगरपालिका-१२ बस्ने २४ वर्षीय बुद्धी लाल पाख्रिन रहेका छन् । प्रदेश २- ०३-००४ प ४४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

साथै पक्राउ परेका २ जनालाई सोधपुछ तथा अनुसन्धान गर्दा लागूऔषध कारोबारमा अन्य ३ जनाको समेत संलग्नता रहेको खुल्न आएपश्चात उनीहरूलाई समेत नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top