होमपेज / समाज
काठमाडौं । असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । दसैँका लागि काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउन लागिएको हो ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ दशैंमा उपत्यका बाहिर जानेहरुका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउन सहमत भएको छ ।यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ असोज १० गतेदेखि खुलाउने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने यसमा सहमति जनाएको छैन ।
विभागका अधिकारीहरुका अनुसार असोज ६/७ गतेतिर फेरि छलफल गर्ने तयारी छ ।यात्रुलाई सजिलै घर जान पाउने व्यवस्था मिलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । 'गत आवमा अग्रिम टिकट नखुलाएर पनि फर्कन चाहनेलाई व्यवस्था मिलाइएको थियो,' सिटौलाले भने, 'यस वर्ष पनि सबैलाई घरघरमा पुर्याइनेछ ।'