होमपेज / समाज
काठमाडौं । सरकारले चीन सरकारसँग खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ।
नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ। वाइडबडी-३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो।