होमपेज / समाज
काठमाडौँ– सरकारले आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डिडिसी)सहितको सहभागितामा काठमाडौं उपत्यकामा १३ र मोफसलमा ६२ वटा सुपथ मूल्य पसल सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिने तयारी छ।
वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले थापाथलीको सुपथ मूल्य पसल उद्घाटन गरे ।शनिबारबाहेक हरेक दिन बिहान १० देखि ५ बजेसम्म सञ्चालनमा आउने सहुलियत पसलमा साल्टको बिक्री केन्द्रबाट बिक्री हुने चिनी र नुनको लागि मात्रै कोटा तोकिएको छ ।
चिनी, नुन, चामल, खसी-बोका, घ्यू, पनिरजस्ता सामान ती सुपथ मूल्यका पसलबाट किन्न सकिनेछ।सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी बताउँछन्।