ट्रेण्डिङ

होमपेज / समाज

आज देशभर सामान्यदेखि पूर्ण बदली भई वर्षाको सम्भावना

नेपालगाथा २०७८ आश्विन १ गते शुक्रबार १०:१६:४९ मा प्रकाशित

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top