होमपेज / समाज
काठमाडौं ।संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा हराइरहेको फोन प्रहरीले फेला पारेको छ। मादी नगरपालिका–१, उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा उनका भाइ नरेशको साथबाट हत्या गरिएकी रञ्जना कार्कीले प्रयोग गर्दै आएको मोबाइल फेला परेको हो ।
भदौ २१ गते सोमबार बिहान मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्या भएको थियो। यही भदौ २१ गते ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, आठ वर्षीय विपीन कार्की र पाँच वर्षीया गोमा कार्कीको चिर्पटले हानेर हत्या गरिएको थियो ।
शुक्रबार पक्राउ गरी आइतबार पत्रकार सम्मलेन मार्फत् लोकबहादुर कार्कीलाई सार्वजनिक गरिएको थियो। उनीमाथि थप अनुसन्धान गरिरहँदा प्रहरीले बुहारी रञ्जनाको मोबाइल फोन फेला पारेको हो।हत्या गरिएकी रञ्जनाको मोबाइल नरेशको साथमा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले नरेशलाई पक्राउ नगरिएको र अनुसन्धान भइरहेको जानकारी दिएको छ ।