ट्रेण्डिङ

होमपेज / समाज

कक्षा १२ को परीक्षा आजदेखि

अध्ययन गरेकै विद्यालयमा परीक्षा दिन पाइने

नेपालगाथा २०७८ भाद्र ३० गते बुधबार ११:३०:५० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचनामार्फत जानकारी दिएको छ । परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन् । विद्यार्थीहरुलाई आफूले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

परीक्षा तालिका

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

Top