होमपेज / समाज
सुर्खेत । आज प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशले आफ्नो प्रथम वार्षिक प्रतिवेदन (आ.व. २०७७/०७८) कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यू समक्ष पेश गरेको छ । प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा आयोजना भएको एक कार्यक्रममा आयोगका अध्यक्ष माननीय रामप्रसाद उपाध्यायज्यूले प्रतिवेदन पेश गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रदेश लोक सेवा आयोगका सदस्य माननीय भक्त बहादुर खड्का, आयोगका सचिव आनन्द सारू, प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुर प्रसाद सिग्देल र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । आयोगले पेश गरेको प्रतिवेदनको सारांश र कार्यक्रमका तस्विरहरू यसै साथ संलग्न गरी पठाइएका छन् ।

