ट्रेण्डिङ

होमपेज / समाज

आज देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालगाथा २०७८ भाद्र २९ गते मंगलबार ०९:५४:२४ मा प्रकाशित

काठमाडौँ । आज देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेकाले वर्षाको सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै‚ राति पनि देशभर मौसम बदली रही बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top