ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालयका उपकुलपति सिंहसँग शैक्षिक क्षेत्र सुधारबारे सम्बाद

नेपालगाथा २०७८ भाद्र २७ गते आइतबार १३:२३:५१ मा प्रकाशित

कोरियामा अध्यनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले “सोनसिक साझा मंच- भाग ३” मा मध्य-पश्चिम विश्वविद्यालयका उपकुलपति  प्राध्यापक डाक्टर नन्द बहादुर सिहसँग सम्बाद गरेको छ | यो कार्यक्रमको औचित्य प्रकाश पार्दै सोनसिक सभापति दीर्घ राज जोशीले भन्नुभयो, सोनसिक साझा मंच मार्फत समाजको शैक्षिक नेतृत्व लिएका सक्दो धेरै व्यक्तिलाई जोडिने छ ।

नेपालका विश्वविद्यालयका उपकुलपतिहरू, अनुसन्धान केन्द्रका प्रमुखहरू, नास्ट तथा सरकारी अनुसन्धान क्षेत्रमा कार्यरतहरू, निजी क्षेत्र बाट प्रयत्न गरिरहेकाहरु तथा देश विदेशमा रहनु भएका विज्ञ अनुसन्धाताहरूलाई समेटिने छ । जस अन्तर्गतको यो तेस्रो सृंखला हो । उपकुलपतिले आफ्नो नेतृत्वमा  मध्य-पश्चिम विश्वविद्यालयमा भइरहेका सुधारका प्रयत्नहरू विस्तृतमा प्रकाश  पार्दै आमूल रूपान्तरणको बाटोमा लागेको बताउनुभयो ।

स्वायत्त विश्वविद्यालय, अनुसन्धानमा आधारित सिकाई, खुला प्रतिस्पर्धाबाट रजिस्टार, डीन, कार्यकारी निर्देशक, क्याम्पस प्रमुखहरू, प्राध्यापकहरू, अनुसन्धाताहरू तथा कर्मचारीहरूको छनोटमा आफू निकै ऊर्जा सहित लागेको बताउनु भयो । विश्वमा भइरहेका अनुसन्धानहरू बारे चर्चा गर्दै हामीले चाल्नु पर्ने कदमका बारेमा पनि विस्तृतमा बताउनु भयो । समग्रमा विश्वविद्यालय अनुसन्धान केन्द्र बन्नु पर्ने र त्यसका   लागी विश्वविद्यालयमा दलीय राजनीति पूर्वरूपमा बन्द हुनुपर्ने बताउनु भयो ।

नेतृत्व गर्ने मान्छेमा नैतिक इमान उच्च हुनु पर्ने कुरालाई बारम्बार जोड दिँदै विश्वविद्यालयलाई विश्व स्तरीय बनाउन आफूले गरेका कदम, निर्माण भइरहेका तथा हुने भौतिक संरचनाहरू तथा अन्य अनुसन्धान संरचनाहरू माथि निकै गहिरो प्रस्तुति दिनु भयो । कार्यक्रमको समापन गर्दै सभापति जोशीले अर्को हप्ता सोनसिक साझा मंचको अर्को भागमा सोनसिकमा २००४ देखि योगदान पुर्याएका सबैलाई बोलाएर सम्बाद गर्ने तयारी भैरहको बताउनु भयो । कार्यक्रमको संचालन ग्रिन्सन शर्माले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top