ट्रेण्डिङ

होमपेज / समाज

चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारी टोली हुम्लामा

नेपालगाथा २०७८ भाद्र २७ गते आइतबार १२:३०:२१ मा प्रकाशित

हुम्ला। चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारले बनाएको अध्ययन टोली हुम्लाको सिमकोट पुगेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले नेतृत्व गरेको सात सदस्यीय टोली हिजो हुम्ला पुगेको हो । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने जनाइएको छ ।

मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै सीमास्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए । गत वर्ष हुम्लाको नाम्खा गाउँपालिका–६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि पहिलो पटक सरकारी टोली स्थलगत अध्ययनका लागि हुम्ला पुगेको थियो ।

तर तत्कालीन ओली सरकारले चीनले बनाएका संरचना उसकै भूमिमा परेको र नेपालको सीमा नमिचिएको दावी गरेको थियो । ओली सरकारको निर्णायमा असहमति जनाउँदै देउवा सरकारले यही भदौ १७ गते हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र आसपासका क्षेत्रमा चीनले सीमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिति बनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top