होमपेज / समाज
सुर्खेत । वीरेन्द्रनगर स्थित देउती बज्यै मन्दिरमा सरसफाई गरिएको छ । कर्णाली स्वयंसेवक दल सुर्खेतको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सत्यसाई केन्द्र र स्वयम्सेवक यूवाहरुद्वारा शनिबार मन्दिर परिसरमा सरसफाई गरिएको दलका अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिए ।
पछिल्लो अवस्थामा तीज जस्ता पर्वहरुका कारण मानीसहरुको आवत जावत बढेपछि फोहोर भएकोले सरसफाई गरिएको देउती बज्यै मन्दिर पूर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले बताए । उनका अनुसार मन्दिरमा विभिन्न पूर्वाधारहरु बिगत ३बर्षदेखि पुर्वाधार विकास समितिले विभिन्न दाताहरूको सहयोगमा यज्ञशाला, शिव मन्दिर हनुमान मन्दिर, शनि मन्दिर, शौचालय, खानेपानी ईनार तथा संतसंग भवन निर्माण गरिसकेको छ ।

सबैजना मिलेर देउती बज्यै मन्दिरको संरक्षण र सरसफाईमा लाग्नुपर्ने आवश्यकता रहेको चितवन देवघाटका सन्त सविन शिवाकोटीले बताए । शिवाकोटीले देउती बज्यैको विकासको संकल्प लिएर २ बर्ष पहिले यज्ञ गरि दान संकलन गरेका थिए । मन्दिरको व्यवस्थापन र सरसफाईमा समितिले नै सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाई छ ।