होमपेज / समाज
काठमाडौं। म्याग्दी, अन्नपूर्ण गाउँपालिका-३ दाना गुईठे भिरमा बिहीबार बिहान पहिरो जाँदा बेनी-जोमसोम सडकखण्ड पूर्णरुपमा अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले सम्बन्धित निकायहरूसँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
यसैगरी, बझाङ, जयपृथ्बी नगरपालिका-९ स्थित सिमखेतमा बिहीबार बिहान पहिरो जाँदा जयपृथ्बी राजमार्ग अवरुद्ध भएको छ । विमान सुरक्षा गार्ड देवलबाट खटिएको प्रहरीले सम्बन्धित निकायहरूसँगको समन्वयमा सडक अवरोध खुलाउने प्रयास गरिरहेको छ ।