ट्रेण्डिङ

होमपेज / समाज

मृत अवस्थामा फेला

नेपालगाथा २०७८ भाद्र २५ गते शुक्रबार ०८:४७:२८ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिका-८ पशुपति बिश्वरुपा मन्दिर अगाडि पानीको नालामा एक नवजात शिशु बिहीबार मृत अवस्थामा फेला परेका छन् । दार्चुला, मार्मा गाउँपालिका-४ लिउडेखोला बस्ने ३३ वर्षीय तारा सिंह धामी सोही ठाउँस्थित परमले धामीको घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । घरबाट काम बिशेषले लटिनाथ बजार जान्छु भनी हिँडेकोमा फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त घरमा उनको शव फेला परेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१ शिवनगर बस्ने ३१ वर्षीय सन्तोष थापा घरबाट करिब ५० मिटर टाढा सडकको नालामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त नालीमा उनको शव फेला परेको हो ।

अछाम, मंगलसेन नगरपालिका-६ सिस्नेणी बस्ने ७० वर्षीया दुरा भण्डारी सोही नगरपालिका ठुलासेनस्थित पाना भण्डारीको पसलको कोठामा सुतेकोमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

झापा, बाह्रदशी गाउँपालिका-७ लापादी बस्ने ६४ वर्षीय अमिन मुर्मु घरबाट करिब १ किमि टाढा रहेको बिरिङ खोला नजिक बगानमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापा, दमक नगरपालिका-७ पशुहाट डाडामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

 यसैगरी, रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका-९ डाडेच्युरा बस्ने ५५ वर्षीय दलजित बटाला घरबाट करिब ५ सय मिटर टाढा गुहे खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत आइतबार स्थानीय बजार जान्छु भनी हिँडेकोमा फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त खोलामा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top