होमपेज / समाज
रूपन्देही । रोहिणी गाउँपालिका-३ रामनगरस्थित सडकमा ग.१ क ३२४६ नम्बरको ट्रकले लु.५६ प ४४९२ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक २५ वर्षीय नजारे मुसलवानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३३ वर्षीय राजेश निषाधको सोही अस्पतालमा उपचार भइरहेको छ ।
हाल फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।