ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७८ भाद्र २५ गते शुक्रबार ०८:३६:०४ मा प्रकाशित

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट करिब १ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ थाक्रे गाउँपालिका-३ घर बताउने २८ वर्षीय मोतिलाल तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्री तामाङलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

 महोत्तरी, बर्दिवास नगरपालिका-३ गौरीडाँडाबाट नियन्त्रित लागूऔषध १५ ट्याब्लेट नाईट्राभेट र ४ बोतल कोडाराईन सिरफ सहित सोही ठाउँ बस्ने २४ वर्षीय आशिस खड्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रदेश २-०२-००४ प १८७८ नम्बरको मोटरसाइकलमा सवार आशिसलाई ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी महोत्तरी, बर्दिबास नगरपालिका-११ स्थित झल्ला ड्यामबाट करिब १५ केजी अवैध लागूऔषध गाँजा बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित २ जना व्यक्तिहरू झोलामा रहेको उक्त गाँजा फालेर भागेपछि प्रहरीले उक्त लागूऔषध बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top