होमपेज / समाज
सुर्खेत । राष्टिय सहकारी बैंक सञ्चालक समितिका सदस्य हरिहरनाथ योगीको मोटरसाइकलमा आगजनी भएको छ । अजात सूमहले गएराति योगीको वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानस्थित आवासमा पार्किङ गरी राखेको भे ६ प–८४५२ नम्बरको मोटरसाइकलमा आगजानी गरेको हो ।
आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ । जिप्रका सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले घटनामा संलग्नहरुको खोजी कार्य तीव्र पारिएको जनाए ।
करिब अढाई लाख मूल्यको हिरो कम्पनीको एक्सट्रीम मोटरसाईल आगजनी गर्नुको कारण बारे अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ । यता आगजानी गरिएको मोटरसाइकलसँगै रहेको स्कुटरमा समेत क्षती पुगेको नेता योगीका परिवारजनले बताएका छन् । याेगी नेकपा एमालेका नेता समेत हुन् ।