ट्रेण्डिङ

होमपेज / समाज

हरितालिका तीजको अवसरमा कर्णाली प्रदेश प्रमुखद्वारा शुभकामना

नेपालगाथा २०७८ भाद्र २४ गते बिहीबार ०८:५४:४६ मा प्रकाशित

सुर्खेत । नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तीज) २०७८ को अवसरमा कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सम्पूर्ण नेपाली महिलाहरू एवम् कर्णालीबासी दिदी, बहिनीहरूमा सुख, शान्ति र समृद्दिकाे लागि शुभकामना ब्यक्त गर्नुभएकाे छ।
हरितालिका तीजलगायत यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुतातथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने विश्वास गरेको उनीहरुको शुभकामना मन्तव्यमा उल्लेख छ ।

विद्यमान लैङ्गिक विभेदलगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माण गर्नतर्फ अग्रसर हुन सबै नेपाली महिला दिदीबहिनीहरूलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दै भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै मौलिकतालाई कायम राख्नुका साथै तीजकाे सांस्कृतिक महत्वको जगेर्ना गर्न आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top