ट्रेण्डिङ

होमपेज / समाज

१,६४० मा कोरोना संक्रमण, २,१६१ जना निको, १० को मृत्यु

नेपालगाथा २०७८ भाद्र २३ गते बुधबार १६:५९:४९ मा प्रकाशित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १,६४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २,१६१ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १,६४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top