ट्रेण्डिङ

होमपेज / समाज

बालबालिकामा लगानी बढाउनुपर्नेमा जोड

नेपालगाथा २०७८ भाद्र २० गते आइतबार १८:२६:४९ मा प्रकाशित

सुर्खेत। कर्णाली प्रदेशका सरोकारवालाहरुले स्थानीय र प्रदेश सरकारले बालबालिकामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन । सेभ द चिल्ड्रेनको सहयोग र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) कर्णाली प्रदेशको आयोजनामा आजदेखि प्रदेश राजधानी सुर्खेतमा शुरु भएको बालबालिकामा लगानीका लागि आन्तरिक श्रोत परिचालन सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै सिजप कर्णाली प्रदेशका संयोजक टिकाराम आचार्यले कर्णाली प्रदेशमा बाल अधिकार समिति गठन हुन नसकेको भन्दै यसमा तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाले बालबालिकामा लगानी बढाउन सरकारले नसकेको बताउँदै पूर्वाधार क्षेत्रमा मात्र लगानी बढाइएको बताउनुभयो ।

सिजप अध्यक्ष मोहन डङ्गोलले द्वन्द्वका बेला बालबालिका शान्तिपूर्ण वातावरणमा बाच्नुपर्छ भनेर शुरु भएको अभियानलाई निरन्तरता दिइएको बताउदै पछिल्लो समय बालबालिकाको प्रमुख समस्या भनेको लाग औषध दुव्र्यसनी रहेको बताउनुभयो । यस्तै, कार्यक्रममा बोल्दै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्बराज खड्काले समाज रुपान्तरणका लागि बालबालिकामा लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।

समाजमा चेतनाको स्तर केही रुपमा माथी उठेको भन्दै बालबालिकाको लागि बनेका नीति कानुनको कार्यान्वयनमा भने ध्यान दिनुपर्ने बताउनुभयो । बालबालिकामा लगानी अन्तरगत प्रदेश सरकारले शिक्षा र समाजिक क्षेत्रमा केही महत्वपूर्ण कार्यक्रम कार्यान्वयनमा लिएको उहाले जानकारी दिनुभयो । यसैगरी, सामाजिक विकास समितिका अध्यक्ष एवम सांसद देवी ओलीले कर्णाली प्रदेश सरकारले ल्याएका बालमैत्री कार्यक्रम आफुहरुकै दबाबमा आएको दाबी गर्नुभयो ।

उहाले आफुहरुले संसदमा दबाब दिएरै विभिन्न कार्यक्रम पास गरिएको भन्दै केही कानुनको अभाब भने काम गर्न असहज भएको बताउनुभयो । उहाले समितिबाट समेत यस सम्बन्धी कानुन बनाउन आफुहरुले निर्देशन दिने गरेको बताउँदै पहिलो जनप्रतिनिधि भएकाले स्थानीय तह र प्रदेशको सहकार्यमा जग बसाल्न जरुरी रहेको बताउनुभयो ।

प्रशिक्षण तालिम तिन दिनसम्म संचालन हुने छ । तालिममा कर्णालीका प्रदेशका विभिन्न जिल्ला र प्रदेश नम्बर २ मा सामाजिक क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top