होमपेज / समाज
काठमाडौँ । पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५३४ जना संक्रमणमुक्त भएका छन् ।