ट्रेण्डिङ

होमपेज / समाज

देशभर आंशिक बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालगाथा २०७८ भाद्र २० गते आइतबार १०:४२:०५ मा प्रकाशित

काठमाडौँ । आज (आइतबार) दिउँसो देशभर आंशिक बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा पनि आज दिउँसो बदली भई सामान्य वर्षा हुने महाशाखाले जनाएको छ । काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

सूर्योदय आज बिहान ५ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top