ट्रेण्डिङ

होमपेज / समाज

थप १,२६८ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

नेपालगाथा २०७८ भाद्र १९ गते शनिबार १७:१४:३८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज (शनिबार) २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएसँगै आजसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ७ लाख २५ हजार ६ सय ५१ जना रहेको छ ।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ८ सय १८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ८ सय २६ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top