ट्रेण्डिङ

होमपेज / समाज

पशुपतिनाथ मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी

नेपालगाथा २०७८ भाद्र १८ गते शुक्रबार ०९:२२:१३ मा प्रकाशित

काठमाडौँ । पशुपतिनाथ मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी भएको छ । कोरोना सङ्क्रमणका कारण लागू भएको निषेधाज्ञाले बन्द हुन पुगेको पशुपति गुह्येश्वरी लगायतका मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका लागि बोलाएको छ । वैशाख १६ गतेदेखि पाँच महिना बढी यी मन्दिर नित्य पूजाका लागि बाहेक सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top