ट्रेण्डिङ

होमपेज / समाज

आज देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालगाथा २०७८ भाद्र १८ गते शुक्रबार ०९:०६:४८ मा प्रकाशित

काठमाडौं । आज देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  रहेको छ। साथै‚  प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको सामान्य प्रभाव र मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भागभन्दा केही तल रहेकाले शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका  एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top