ट्रेण्डिङ

होमपेज / समाज

अमेरिकाले पनि छाड्यो अफगानिस्तान, सोमबार अन्तिम उडान

नेपालगाथा २०७८ भाद्र १५ गते मंगलबार ०८:२८:२८ मा प्रकाशित

काठमाडाैं । अफगानिस्तान अब पूर्ण रुपमा तालिवानको कब्जामा आएको छ । अमेरिकाले तालिवानले दिएकोभन्दा केही समय अगाडि नै आफ्ना नागरिकलाई अमेरिका लगेको छ । 

यससँगै अमेरिकाले अफगानिस्तानमा २० वर्षअघि देखिको सैन्य उपस्थिति सकिएको छ । सोमबार अमेरिकी सेनाको अन्तिम विमानले काबुलको हामिद करजई एयरपोर्टबाट उडान भरेको छ । 

तालिवानले विदेशी सैनिकलाई ३१ अगस्टसम्ममा मुलुक छाड्न आह्वान गरेको थियो । पहिले ब्रिटेनले आफ्ना रेस्क्यु मिसन सकाएयो भने त्यसपछि अमेरिकाले एक दिन पहिले नै अफगानिस्तान छाडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top