ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा कोरोना विरुद्धको पूर्ण खोप ४३ लाख ९६ हजार व्यक्तिले पाए

नेपालगाथा २०७८ भाद्र १४ गते सोमबार १७:२६:०२ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना विरुद्धको दुबै डोज खोप लगाउनेको संख्या  ४३ लाख ९६ हजार ४०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबारसम्म ४३ लाख ९६ हजार ४०२ जनाले व्यक्तिले कोरोना विरुद्धको दुबै डोज खोप लगाएका छन्। त्यसैगरी एक डोज खोप लगाउने व्यक्तिको संख्या ५३ लाख १७ हजार ४८३ पुगेको छ। नेपालमा अहिलेसम्म कूल जनसंख्याको झण्डै १४ प्रतिशतले पूर्णडोज र १७ प्रतिशत जनसंख्या पहिलो डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा गतवर्ष माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिसकेको हो। पहिलो चरणमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मीलाई खोप दिइएको थियो। हालसम्म ५० वर्षभन्दा माथिका नागरिक, बैंक, सार्वजनिक यातायातका चालक, सहचालक, विभिन्न विश्वविद्यालयका परीक्षामा सामेल हुने विद्यार्थीहरु, पत्रकार, विभिन्न कारणले वैदेशिक यात्रामा जाने व्यक्ति, शरणार्थीलगायतले खोप पाइसकेका छन्।

नेपालमा कोरोना विरुद्धको तीन प्रकारका खोप प्रयोग गरिएको छ। अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतमा बनेको कोभिसिल्ड, जापानबाट अनुदानमा आएको एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप प्रयोग भइरहेको छ। कोभिसिल्ड र एस्ट्राजेनेका खोप एक फर्मुलामा बनेको खोप हो। सोही कारण पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथि नागरिकलाई दोस्रो मात्राको रुपमा स्ट्राजेनेका खोप दिइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top