ट्रेण्डिङ

होमपेज / समाज

सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै सबैभन्दा बढी

नेपालगाथा २०७८ भाद्र १३ गते आइतबार १५:५३:३६ मा प्रकाशित

काठमाडौँ । सप्तकोशी नदीमा आइतबार पानीको वहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५७ हजार ७ सय ९० क्यूसेक पुगेको छ ।

नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा पानीको बहाब २ लाख ५६ हजार २० क्यूसेक मापन गरिएको छ । पहिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाब थप बढ्ने आंकलन गरिएको छ । निरन्तरको वर्षासँगै कोशीको बहाब बढ्दा श्रीलंका टापुको सुनसरी क्षेत्रमा नदीले कटान थालेको छ । नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको छ ।

गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top