होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा विगत लामाेसमयदेखि चलिरहेकाे विवाद समाधान भएकाे छ । मध्यपश्चिम विश्वविद्यालय, उच्च स्तरीय समस्या समाधान समिति र विभिन्न माग राखी आन्दोलनरत विद्यार्थी संघ/ सङ्गठनहरु बीच भाद्र १२ गते शनिबारकाे दिन सहमति भएकाे हाे । पटकपटकका औपचारिक तथा अनौपचारिक वार्ता छलफल र सहमति पछि वार्ता निष्कर्षमा पुगेकाे मध्यपश्चिम विश्वविद्यालय, उच्च स्तरीय समस्या समाधान समितिका संयाेजक लिलाधर तिवारीले जानकारी दिनुभयाे ।
वार्ता सहमति पछि अब विश्वविद्यालयमा लागेकाे ताला खुल्ने छ । यसैगरी दशै अगाडि नै पूर्व निर्धारित राेकिएकाे परीक्षा दशै विदा अघि नै वैकल्पिक र भाैतिक उपस्थितिमा सम्पन्न गर्ने गरी अघि बढाउने सहमति भएकाे छ ।
यसरी परीक्षा गर्दा परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेकाे मितिले ५ दिन भित्र विद्यार्थीले वैकल्पिक माध्यमबाट परीक्षामा सहभागी हुने कि भाैतिक उपस्थितिमा परीक्षामा सहभागी हुने भनेर छनाैट गर्नुपर्नेछ । साेही अनुसार परीक्षा व्यवस्थापन कार्यालयले व्यवस्थित, मर्यादित र ताेकिएका मापदण्ड अनुसार परीक्षाकाे समय तालिका सार्वजनिक गरेर परीक्षा सञ्चालन गर्नेछ ।
यसैगरी मध्यपश्चिम विश्वविद्यालयकाे दाेस्राे दीक्षान्त समाराेह विश्वविद्यालयकाे अागामी एघाराै सभाकाे ताेकिएकाे मितिमा सम्पन्न गर्ने जनाएकाे छ ।
.jpg)

