होमपेज / समाज
सुर्खेत । जोवा र युनिका फाउन्डेसनको सहयोग रिन्युएवल वल्र्डको अगुवाई तथा सुन्दर नेपाल संस्थाको सहजिकरणमा सोलार मुस मर्मत–सम्भार तथा संचालन तालिम सम्पन्न भएको छ ।
सुर्खेतमा सोलार वहुउद्देश्यीय पानी प्रणाली परियोजनाहरुको दिगो सञ्चालनको लागि सोलार पम्पिङ्ग प्रणालीको व्यवहारिक तथा प्राविधिक पक्षको आधारभूत विषयको जानकारी दिने उद्देश्यले तालिमको सञ्चालन गरिएको थियो । तालिममा परियोजनाको मर्मत संभार, सुशासन तथा वित्तीय साक्षरताको जानकारी दिइएको थियो ।
कार्यक्रममा सोलार मुस दोस्रो र तेस्रो परियोजना र अन्य परियोजनाका गरी १७ जनाको सहभागिता रहेको थियो । तालिमका क्रममा सहभागीहरुबाट वराहताल वडा नं. १० मा निर्माण सम्पन्न जुगेधारा सोलार मुस आयोजनाको अवलोकन भ्रमण समेत गरिएको थियो ।

तालिमको सहजीकरण रिन्युएवल वल्र्डका ग्लोवल टेक्नीकल म्यानेजर बावुराम पौडेल, कार्यक्रम व्यवस्थापक तृप्ती प्रजापति, चन्द्र मरासिनी, विवेक कायस्थ, देविन्द्र कार्की, सुर्योदय उर्जा प्रा.लि.का पुरुषोतम न्यौपाने र प्रज्वल श्रेष्ठ, सन फार्मर कम्पनीका प्रज्वल ढकाल र जीवन बि.क.को सहभागिता रहेको थियो । कार्यक्रममा सुशासन तथा वित्तीय साक्षरताका मिलन श्रेष्ठले सहजीकरण गरेका थिए ।

भाद्र ९ देखि १२ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन भएको तालिमका सहभागीहरुले तालिम व्यवहारिक र प्रभावकारी हुनुका साथै यसले परियोजनाहरुको दिगो सञ्चालनमा टेवा दिने धारणा राखेका थिए ।