ट्रेण्डिङ

होमपेज / समाज

चोरी भएका २४ मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाइयो

नेपालगाथा २०७८ भाद्र ११ गते शुक्रबार १४:५८:५० मा प्रकाशित

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरिएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २४ मध्ये २० वटा मोटरसाइकल र ४ वटा स्कुटर रहेका जिम्मा लगाएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए । ‘चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तमा पठाएका छौं । यस बाहेक अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरेर बुझाउने गरेका छौं’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top