ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेत अदालतमा विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध मुद्दा

नेपालगाथा २०७८ भाद्र १० गते बिहीबार १०:५४:५८ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन बोर्ड लगाउने तर कर नतिरेका २६ कम्पनीमाथि जिल्ला अदालतमा रिट दायर भएको छ । सुर्खेतमा विज्ञापन कर उठाउने जिम्मा पाएको सहारा निर्माण सेवाका सन्चालक दशरथ चन्दले ती कम्पनीमाथि ३३ लाख ३० हजार ८ सय रुपैयाँ असुल गराइदिन अदालतमा मुद्दा दायर गरेका हुन् ।

२०७७ साल असोज ४ गते वीरेन्द्रनगर नगरपालिका र साहरा निर्माण सेवाबीच विज्ञापन कर संकलन गर्ने सम्झौता भएको थियो । सम्झौतापछि सो कम्पनीले दुई लाख एक सय रुपैयाँ दाखिला गरेर वीरेन्द्रनगर क्षेत्रभित्र कर संकलन गर्ने कार्यादेश प्राप्त गरेको थियो ।

सहारा निर्माणका सन्चालक चन्दले कम्पनीलाई बराम्बार राजश्व दिनका लागि अनुरोध गरेको, पत्र पठाएको बताउँदै कसैले पनि नतिरेकोले मुद्दा दर्ता गर्न बाध्य भएको बताए । उनले नगरपालिकाबाट अनुमति पाएपनि कर संकलन गर्न भने पाएका छैनन् । नेपालकै ठूला कम्पनीहरुले वीरेन्द्रनगर नगरक्षेत्रमा होडिङबोर्ड राखेर विज्ञापन गर्ने तर त्यसको रकम भुक्तानी नगर्दा आफुहरुलाई समस्या भएको उनले बताए ।

‘कानून अनुसार सबै चल्नुपर्ने देखिन्छ । ठूला कम्पनीले मनलाग्दी विज्ञापन गर्ने तर राज्यले तोकेको कर नतिर्ने कार्य राम्रो होइन । कर संकलनको जिम्मा मैले पाएको हो । उक्त जिम्मा पाए अनुसार नगरपालिकाले बारम्बार मलाई कर चुक्ता गर्नकालागि पत्र पठाइरहेको छ । मैले कसरी तिर्ने ?’ यहि समस्याका कारण आफू अदालत गएको उनको भनाई थियो ।

यी हुन राजश्व नतिर्ने २६ कम्पनी

  • हिम इलेक्ट्रोनिक्स प्रालि– ५२ हजार ४००
  • सम्राट सिमेन्ट कम्पनी प्रा.लि– १ लाख ४८ हजार १६०
  • वर्जर पेन्टस नेपाल (वर्जर एण्ड निकोल्सन)– ५२ हजार ८००
  • नारायणी स्टिल प्रालि– ३६ हजार
  • घोराही मिसमेन्ट इण्डष्ट्री प्रालि– ६९ हजार ६००
  • लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालि– ४७ हजार २००
  • जन्सा कार्पेट (आशि इण्डष्ट्रीज)– १ लाख ४४ हजार
  • विश्वकर्मा सिमेन्ट प्रालि– ६० हजार ८००
  • एसियन थाई फूड्स प्रालि– २ लाख १३ हजार ७६०
  • मंगलम ईन्डष्ट्रीज प्रालि– ६० हजार ४००
  • एनसेल एक्जियटा लिमिटेड– ९५ हजार २००
  • लिक्कियर वल्र्ड– एक लाख ८ हजार ६४०
  • बोटलर्स नेपाल लिमिटेड– ७८ हजार ४००
  • यति ब्रुवरी प्रालि– ३९ हजार २००
  • अम्बे स्टील्स प्रालि– ३४ हजार ६६०
  • जस्मीन पेन्टस प्रालि– १ लाख ८९ हजार २००
  • टाटा पेन्टस एण्ड केमिकल इन्डष्ट्रिज प्रालि– १ लाख ७४ हजार ४००
  • वल्र्डलिंक कम्युनिकेशन लिमिटेड– २ लाख ४ हजार ८ सय
  • सीजी फूड्स नेपाल प्रालि– ४ लाख ६१ हजार ६ सय
  • शोंसी शिवम सिमेन्ट प्रालि– १ लाख १९ हजार २००
  • आइएमई डिजीटल सोलुसन प्रालि– २ लाख ३२ हजार ८००
  • इसेवा फोनपे प्रालि– १ लाख ३२ हजार ४००
  • सर्वो लुव्रिकेन्ट एचएच नेपाल– १ लाख ३४ हजार ४००
  • हंशराज हुलाशचन्द एण्ड कम्पनी लिमिटेड प्रालि– ९५ हजार २००
  • शुभमश्री अग्नि सिमेन्ट उद्योग– १ लाख ७३ हजार ६००
  • गोयन्का स्टील प्रालि– ९२ हजार

वादीले माग गरेबमोजिम जिल्ला अदालत सुर्खेतले असोज ५ गते तारेखका लागि उपस्थित हुन विभिन्न कम्पनीलाई पत्र पठाएको छ । नेपाल प्रेस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top