ट्रेण्डिङ

होमपेज / समाज

एकीकृत समाजवादीका ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत सकियो (सूचीसहित)

नेपालगाथा २०७८ भाद्र ९ गते बुधबार १५:००:५७ मा प्रकाशित

काठमाडौं । माधवकुमार नेपालको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि पेश भएको नामवलीको सनाखत गर्ने काम लभगभ सकिएको छ । निर्वाचन आयोगले ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत भएको हो ।

दल दर्ताका लागि ५६ जनाको नामावली आयोगमा पठाइएको थियो । उनीहरुमध्ये भाष्कर काफ्लेबाहेक ५५ जनाको सनाखत भएको छ । बाँकी हस्ताक्षर नभएका चारजना विक्रम शाही, सोमप्रसाद पाण्डे, रामप्रित पासवान र राजन राईको विषयमा छलफल भइरहेको पार्टीका नेता मेटमणि चौधरीले जानकारी दिए ।

भारतमा उपचाररत रहेका नेता झलनाथ खनालको पनि आयोगले सनाखत गरेको छ । उनले दूतावासमार्फत पठाएको पत्रका आधारमा सनाखत गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top