ट्रेण्डिङ

होमपेज / समाज

सर्वोच्चले कुलमान नियुक्तको फाइल मगायो

दिएन अन्तरिम आदेश

नेपालगाथा २०७८ भाद्र ८ गते मंगलबार १७:२०:०९ मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयको फाइल मगाएको छ । सरकारले गत साउन २५ गते घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । तत्कालिन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले अन्तरिम आदेशको माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिएन ।

सरकारको सो निर्णयविरुद्ध  शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले सक्कल फाइल झिकाउने आदेश दिएको हो । प्राधिकरणमा राम्रो काम गरेको भन्दै सरकारले कुलमानलाई फेरी नियुक्ती दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top