ट्रेण्डिङ

होमपेज / समाज

मौसम पूर्वानुमानका अनुसार तीन प्रदेशमा ठूलो वर्षाको सम्‍भावना

नेपालगाथा २०७८ भाद्र ६ गते आइतबार ०८:२६:२४ मा प्रकाशित

काठमाडौँ । हाल देशभर सामान्य बदली रही  प्रदेश नं १, बागमती,  गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्‍तरगत मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ।

 दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश नं १ एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ। राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,  बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top