ट्रेण्डिङ

होमपेज / समाज

थप ३ हजार ४०३ सङ्क्रमित, ४२ को मृत्यु

नेपालगाथा २०७८ भाद्र २ गते बुधबार १७:१६:२२ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८३९ जनाको पिसिआर र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै नेपालमा बुधबार २ हजार १०४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ४२ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २५४ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top